दफा ३२
मूल ऐनको दफा ५० मा संशोधन

मूल ऐनको दफा ५० को,–
(१) उपदफा (१), (२) र (६) मा रहेका “सो पक्षले” भन्ने शब्दहरुको सट्टा “सोही
पक्षले” भन्ने शब्दहरु राखिएका छन् ।
(२) उपदफा (५) पछि देहायका उपदफा (५क), (५ख) र (५ग) थपिएका छन :-
“(५क) यस दफा बमोजिम सोधपुछ र जिरह गर्दा कुनै अभियुक्तले 
अर्को कुनै अभियुक्तलाई पोल गरेमा त्यसरी पोल गरेको कुराको हदसम्म त्यस्तो
सहअभियुक्तले जिरह गर्न सक्नेछ ।
(५ख) उपदफा (५क) बमोजिमको पोल गर्ने सहअभियुक्त साधारण
तारिख, धरौटी वा पुर्पक्षका लागि थुनामा रहेको भए मुद्दाको फैसला हुनु भन्दा
अघि निजलाई उपस्थित हुने गरी तारिख तोकी सोही तारिखका दिन त्यसरी
पोल गरिएको अभियुक्तलाई जिरह गर्ने अवसर दिनु पर्नेछ ।
(५ग) उपदफा (२), (३), (४), (५), (५क) र (५ख) मा जुनसुकै कुरा
लेखिएको भए तापनि जवर्जस्ती करणी वा जवर्जस्ती करणीको उद्योग, मानव
बेचविखन वा ओसार पसार र यौनजन्य हिँसाको मुद्दामा जिरह गर्दा महिलाको
नैतिकता वा चरित्रका विषयमा कुनै प्रश्न सोध्न सकिने छैन ।”
(४) उपदफा (६) मा रहेका “माथिका उपदफाहरुमा” भन्ने शब्दहरुको सट्टा “यस
दफामा अन्यत्र” भन्ने शब्दहरु राखिएका छन ।